सुदूरपश्चिममा ५४ पदका लागि विज्ञापन

धनगढी :  सुदूरपश्चिमको प्रदेश लोक सेवा आयोगले नयाँ कर्मचारी नियुक्तिका लागि विज्ञापन खोलेको छ। बुधबार प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको हो। 

स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरिएको आयोगका अध्यक्ष यज्ञराज बोहराले बताए। सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा रिक्त पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन खुलाइएको हो। आयोगले अहिले ५४ पदका लागि विज्ञापन खोलिएको जनाएको छ। 

योग्यता पुगेका उमेदवारहरूले एक महिनाभित्र आयोगको विद्युतीय दरखास्त प्रणालीमार्फत दरखास्त दिनुपर्ने छ।

प्रदेश समाचार सुदूरपश्चिम प्रदेश