राष्ट्रपति भण्डारी आज विराटनगर जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आज विराटनर जाँदैछिन्। 

विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उदघाटन गर्न बिहीबार राष्ट्रपति भण्डारी मोरङ जान लागेकी हुन्। 

एक साता सञ्चालन हुने कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनीको पहिलो दिन अर्थात उदघाटनका दिन राष्ट्रपति आउने भएकाले सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर  नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एकीकृत सुरक्षा योजना बनाएर सोहीअनुसार सुरक्षा व्यवस्था गरिएको छ।

करिब २ लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखिएको प्रदर्शनीमा भारत, बंगलादेश र पाकिस्तानका मिल मेशिनरी, अन्य उत्पादन र छालाजन्य उत्पादन, बंगलादेशको गार्मेन्ट्स तथा भारतबाट हेल्दी किचेनका आइटमहरूको समेत स्टलहरू राखिने भएको छ।

प्रदर्शनीमा आउने सहभागीहरूलाई निःशुल्क यातायातको सुविधासमेत उपलब्ध गराइने भएको छ।  विराट एक्स्पोको राष्ट्रपति भण्डारीले गर्ने उदघाटन कार्यक्रमको  सुरक्षा व्यावस्थापनदेखि एक्स्पोको आन्तरिक तयारीका सबै काम सकिएको उद्योग संघठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताए।

मुख्य समाचार राजनीति