चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । 
निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा मृत फेला परेको हो । गैंडाको खाग नपलाएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।  
यस्तै, निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा एक १५ बर्षको पोथी गैंडा मृत फेला परेको छ । गैंडाको खाग र खुर सुरक्षित छ ।
गैंडा आपसमा जुधेर मरेको हुनसक्ने निकुञ्जका सूचना अधिकारी तिवारीको भनाई छ ।

समाचार समाज