आज पाँचौं राष्ट्रिय झण्डा दिवस

आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौ राष्ट्रिय झण्डा दिवस मनाइँदैछ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो। दिवसमा सहभागी हुन विराटनगरका पूर्व मेयर एवं नवनिर्वाचित प्रदेशसभा सांसद भीम पराजुली पनि सहभागी भएका थिए।  

प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ। २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो।सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको छ। 

पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रूपमा मात्रै प्रयोग गर्नुपर्ने उनको माग छ।  

मुख्य समाचार राजनीति समाचार