विश्वकप फुटबल : तेस्रो आज क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ।खेल कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार बेलुकी ८:४५ बजे सुरु हुनेछ ।

पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएरको थियो।दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गरेको थियो।मोरक्को र क्रोएसियाले समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए। तर खेल गोलरहित बराबरीमा सकिएको थियो।

 फाइनल खेल भने अर्जेन्टिना र फ्रान्सबीच आइतबार हुनेछ।

अन्तराष्ट्रिय खेलकुद