प्रतिलिटर ३ रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य

हेटौंडा। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल,डिजेल र मटितेलमा  प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल,मट्टितेल प्रतिलिटर मूल्य १७५ पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ।

समाचार समाज