सशस्त्र प्रहरीमाथि गोली प्रहार

सर्लाही । सर्लाहीमा एक सशस्त्र प्रहरीमाथि गोली प्रहार भएको छ। रामनगर गाउँपालिका ६ मा सशस्त्र प्रहरी जवानमाथि सुरेश साहमाथि गोली प्रहार भएको हो ।
गोली प्रहारबाट काभ्रेस्थित सशस्त्र प्रहरी १५ नम्बर गणमा कार्यरत रामनगर गाउँपालिका ४ का ३० वर्षीय साहको दाहिने हातको पाखुरामा गोली लागेको छ। अहिले उनको मलंगवास्थित अस्पतालमा उपचार भइरहेको छ।
घरविदामा गएको अवस्थामा चिनजानकै साथीहरूसँग खाजा खाइरहेका बेला ऋण सम्बन्धी विषयमा विवाद हुँदा गोली हानिएको जनाइएको छ । घटनामा संलग्न  रामप्रवेश साहलाई प्रहरीले पक्राउ गरेको छ भने दुई जना फरार छन् ।

समाज