मकवानपुरगढीमा कोदोको पिठो ब्रान्डिङ गर्ने कार्यशाला सम्पन्न


२ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ४ कालिखोलामा रहेको अपाङ तथा विपन्न कृषि सहकरी संस्थामा एक दिने कोदो ब्रान्डिङ कार्यशाला भएको छ । यस क्षेत्रमा उत्पादित कोदोको ब्रान्डिङ गरि बजारीकरण गर्ने उदेश्यले कार्यशाला भएको हो ।

स्टोरी साइकलको प्राविधिक सहयोगमा कोदोको ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणको विविध पक्षहरुको वारेमा अन्तरक्रिया गरिएको छ । जसमा ब्रान्ड गुरु संजिव चौधरी, कथा तथा संचार विज्ञ सौरभ ढकाल, बजार संयोजक निश्चल पोखरेल र भिडियो तथा डिजाइनर बादल ज्ञवालीले सहजीकरण गर्नुभएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

विगत तीन वर्ष देखि कोदो संकलन, भण्डारण र बजारीकरण गर्दै आईरहेको अपाङ तथा विपन्न कृषि सहकारी संस्था मार्फत यसै वर्ष देखि मकवानपुरगढी गाउँपालिकाको सहयोगमा कोदो र कोदोको पिठो ब्रान्डिङ गरि बजारमा बिक्री वितरण गर्ने लक्ष्य रहेको बताइएको छ ।

कृषि समाचार मुख्य समाचार रोचक सहकारी