जापानमा भोजपुरका राईको मृत्यु

जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ। सुगिनामी वार्ड होरिनोउचीमा बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवस राईको गएराति मृत्यु भएको हो। १३ वर्षदेखि जापानमा  श्रीमतीसहित बस्दै आएका राई गए राति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन्। 

शनिबार राति ११ बजे श्रीमती कामबाट फर्कँदा राई मृत अवस्थामा भेटिएको र तुरुन्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ।राईको मृत्युको कारण पोस्टमार्टमपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ। 

समाचार