अस्पतालको सम्पर्कमा छैनन् वीरका १२ स्वास्थ्यकर्मी

काठमाडौं :  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा कार्यरत डाक्टर‚ स्टाफ नर्स तथा अनमीहरू लामो समयदेखि ‘हराएका’ छन्।वीर अस्पतालले निकालेको सूचनाअनुसार अस्पतालमा कार्यरत नर्स, अनमी र चिकित्सकसमेत रहेका छन्। अस्पतालको सम्पर्कमा नरहेका ती स्वास्थ्यकर्मीहरूलाई वीरले उनीहरूलाई ३० दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको हो।

हाल अस्पतालको सम्पर्कमा नरहेका स्पास्थ्यकर्मीहरूमा डा.सृष्टि शाह‚ नर्सहरूमा सकिला चौलागाईं, अन्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारी, सुशीला ढकाल, सम्झना श्रेष्ठ, ओमदेवी पुन, जमुना सिटौला र शान्ति लम्साल छन्। अनमीद्वय छैटौँ तहका साहिदा सुब्बा र अनिता बसेल रहेका छन्।

उनीहरूलाई ३० दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ। लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै सूचना जारी गरेको हो।तोकिएको अवधिमा उपस्थित नभए प्रतिष्ठानको कर्मचारी सेवाका शर्त तथा सुविधासम्बन्धी नियमावली, २०६५ को नियम १३३ को उपनियम घ बमोजिम कारवाही गर्नेसमेत वीर अस्पतालले जनाएको छ। सूचनामा तोकिएको अवधीमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (ज) बमोजिम कारवाही हुने उल्लेख गरेको छ ।

समाचार स्वास्थ्य