सरकारले ल्याएको अध्यादेशविरुद्ध कानुनका विद्यार्थीको प्रदर्शन

काठमाडौं :  सरकारले काठमाडौंको डिल्लीबजार जेलमा रहेका रेशम चौधरीलगायत फौजदारी मुद्दामा थुनामा रहेका तीन दलका नेता/कार्यकर्ता रिहा गर्न मुलुकी फौजदारी संहिता संशोधन अध्यादेश ल्याएपछि कानुनका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।

माइतीघर मण्डलामा आइतबार उनीहरूले सत्तामा पुग्न जेसुकै गर्न पनि पछि नपर्नेहरूले गैरकानुनी र असंवैधानिक रुपमा ल्याएको अध्यादेशको विरोध गरेको जनाएका छन्।

अदालत र संसद्‍को क्षेत्राधिकारको विषयमा कार्यपालिकाको हस्तक्षेप बन्द गर्नुपर्ने उनीहरूको माग रहेको छ। प्रदर्शनमा नेशनल ल कलेज, नेपाल ल कलेज र चक्रवर्ती कलेजका विद्यार्थीहरू उपस्थित रहेका थिए।

मुख्य समाचार राजनीति समाचार