हेटौंडामा सवारी साधनको ठक्करबाट एक जना गम्भीर घाइते

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका २ पिपलबोटमा सवारी साधनको ठक्करबाट एक पुरुष गम्भीर घाइते भएका छन् । आइतबार बिहान सवा ५ बजे ना १ ज ८३३७ नम्बरको गाडीले अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार घाइतेको नाम, थर, ठेगाना खुल्न बाँकी रहेको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।

समाचार समाज