हेटौंडामा यात्रुबाहक बस दुर्घटना

मकवानपुर – पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं.८ मा यात्रुबाहक बस दुर्घटना भएको छ ।

धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–३–००१ ख १९८ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भएर सडकको दाहिने साईडमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि ६ जना यात्रु घाईते भएका छन् । घाइते हुनेमा ललितपुर चापागाउ बस्ने २६ वर्षीय सुदेव घिमिरे, सोही स्थान बस्ने २९ वर्षीय पारस बस्नेत, काभ्रे पाचखाल बस्ने ३१ वर्षीय प्रेम लामा, रुपन्देहीकी ४० वर्षीया रजनी राई, ईलामकी २० वर्षीय सरु राई र चितवन भरतपुर बस्ने २२ बर्षीय काब्य मगर रहेका छन् । 

दुर्घटनामा घाईते भएका यात्रुहरुको हेटौंडा अस्पतालमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

समाज