हेटौंडा बसपार्कबाट गाँजासहित दुई महिला पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा-१० बसपार्कबाट लागुऔषध गाँजासहित दुई जना महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कैलाश गाउँपालिका–६ बस्ने ३२ वर्षीया फुलमाँया घलान र सोहि बस्ने ३४ वर्षीया मनमाँया घलान रहेकी छन् ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई ८ केजी लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाचार समाज