प्रदेश बचत तथा ऋण सहकारी संघको उपाध्यक्षमा मकवानपुरकी श्रेष्ठ चयन

४ पौष,मक्रान्चुली- बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको महिला उपाध्यक्षमा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ चयन हुनुभएको छ । शनिबार काठमाडौंमा भएको संघको दोस्रो वार्षिक साधारणसभाबाट रिक्त रहेको सो पदमा श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो ।

मकवानपुरगढी स्थायी घर भएकी श्रेष्ठ मकवानपुरगढी-३, मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाको समेत अध्यक्ष हुनुहुन्छ ।

त्यसैगरी रिक्त रहेका पदहरु मध्ये कोषाध्यक्षमा केशव दंगाल, सदस्यहरुमा कृष्णप्रसाद सुवेदी र तारानाथ सापकोटा चयन हुनुभएको हो । त्यस्तै संघको लेखा समिति संयोजकमा देवप्रसाद त्रिपाटी चयन हुनु भएको छ ।

सहकारी संघ बागमती प्रदेशका अध्यक्ष उद्धव सापकोटाको सभाध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो।

वार्षिक साधारणसभाको अवसरमा संघले उत्कृष्ट लगानीकर्तातर्फ दोलखा जिल्लाको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेकोे थियो ।

मुख्य समाचार समाचार समाज