एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

नेकपा एकीकृत समाजवादी पार्टीले पनि नेता चयन गर्नका लागि आज संसदीय दलको बैठक बोलाएको छ।विहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकले दलको नेता चयन गर्ने श्रम मन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुवँरले जानकारी दिए। अरुले दलको नेतामा दाबी नगरेकाले अध्यक्ष माधव नेपाल सर्वसम्मत दलको नेता चयन हुने उनले बताए।  

समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सांसद निर्वाचित भएका छन्।  

मुख्य समाचार राजनीति समाचार