सुनचाँदीको मूल्य स्थिर

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनका तुलनामा यथावत् रही प्रतितोला रु एक लाख तोकिएको छ । त्यस्तै चाँदी अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ८० मूल्य कायम रहेको महासंघले जनाएको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

अर्थ