सिके राउत संसदीय दलको नेता चयन

काठमाडौं : जनमत पार्टीले अध्यक्ष डाक्टर सिके राउतलाई संसदीय दलको नेता चयन गरेको छ। काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको बैठकले अध्यक्ष राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।दलको नेता चयन गरेपनि जनमत पार्टीले उपनेता र प्रमुख सचेतक भने चयन गरेको छैन। त्यसका लागि आज  पनि बैठक बोलाइएको छ। बैठक बिहान १० बजे बस्ने छ।

जनमत पार्टीले प्रतिनिधिसभामा ६ सिट जितेको छ। एक सिट प्रत्यक्षबाट जितेको उक्त पार्टीले पाँच सिट समानुपातिक प्रणालीबाट प्राप्त गरेको हो। पार्टी अध्यक्ष राउत प्रत्यक्षतर्फको निर्वाचनमा सप्तरी २ बाट निर्वाचित भएका हुन्।

मुख्य समाचार राजनीति समाचार