ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

हेटौंडा – कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मछलिपुल नजिकै ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ ६ बजे सुदूरपश्चिम प्रदेश ०१ ००८ प ५५ ८७ नम्बरको मोटरसाइकलले सोहि दिशा तर्फ जादै गरेको म १ प ६१ ८९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको से.२ त. ८२० नंम्बरको ट्याक्टरमा ठक्कर खादा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ५५८७ नम्बरका मोटरसाइकल चालक शुक्लाफँटा नगरपालिका ८ का ३० बर्षीय कृष्ण साउँद रहेका छन् । उनको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा गएराति ९ बजे मृत्यु भएको प्रहरीले जनाए कोछ ।

३ वटै सवारी साधन स्कुटर चालक र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गुलरीयाले जानकारी दिएको छ ।

समाचार समाज