कांग्रेस संस्थापन इतर पक्षको बैठक बस्दै

काठमाडौं : संसदीय दलको एकल उम्मेदवारमा सहमति जुटाउन कांग्रेस संस्थापन इतर पक्षको बैठक म‌गलबार पनि बस्दैछ। सोमबार दिनभर भएका छलफलमा सहमति नजुटेपछि पुनः छलफल गर्न लागेकोे सह–महामन्त्री जीवन परियारले जानकारी दिए। संस्थापन इतर समूहमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको नेता आकांक्षी छन्।

दुवै जनाले दलको नेतामा उम्मेदवारी दिने तयारी थालेपछि उपसभापति धनराज गुरुङले सहमतिका लागि छलफल थालेका हुन्। दुवैले अडान राखेपछि सोमबारको छलफल स्थगित भएको थियो। 

अहिले बिहान ८ बजे काठमाडौंको एक होटेलमा पुनः छलफलको तयारी गरिएको छ । दुई जनाबाट एक जनालाई उम्मेदवारी बनाउने गरी तयारीमा जुटेको सहमहामन्त्री परियारले बताए। कोइराला पार्टीको १४औँ महाधिवेशनमा इतर पक्षबाट सभापतिका उम्मेदवार थिए। उनी पराजित हुँदा त्यही प्यानलबाट थापाले महामन्त्रीचुनिएका थिए

मुख्य समाचार राजनीति समाचार