एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन्। मंगलबार काठमाडौंमा आयोजित सांसदहरुलाई बधाई दिने कार्यक्रम बीचमै रोकेर बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत नेता चयन गरेको हो। 

उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली सर्वसम्मत दलको नेता चयन भएका हुन्।

मुख्य समाचार राजनीति