संसदीय दलको नेतामा देउवा विजयी

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। बुधबार बिहान सिंहरदरबारस्थित दलको कार्यालयमा भएको मतदानका क्रममा देउवा ६४ मतसहित दलको नेतामा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरेका छन्। 

दलको नेतामा निर्वाचित भएसँगै देउवाका लागि छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ। 

मुख्य समाचार राजनीति समाचार