राष्ट्रपति पद ०६४ र ०७२ मै त्यागेको हुँ, अहिले पनि लिन्‍नँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन्।बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

उनले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताए। उनले त्यतिबेला उमेर नपुगेका (समय नभएको) ले आफूले अस्वीकार गरेको बताए।उनले भने, ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ। यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुनेछ। राष्ट्रपति बन्ने आकंक्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रश्ताव भएको थियो। २०७२ मा पार्टीबाट नै प्रस्ताव  भएको थियो। मैले अस्वीकार गरेको हो। त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो।’

मुख्य समाचार राजनीति समाचार