मुख्यमन्त्री पाण्डेले भोली मुख्यमन्त्रीबाट राजीनामा दिने

हेटौँडा । संघिय सांसदमा निर्वाचित भएपछि पनि प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा नदिएको भन्दै आलोचना बढेपछि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् । पाण्डेले शुक्रबार (भोली) मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका हुन् । नेकपा एकिकृत समाजवादीको तर्फबाट संघिय संसदीय दलको उपनेता समेत चयन भएका पाण्डेले आज संघिय सांसदको सपथग्रहण गरेसँगै भोली (शुक्रबार) प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिने जानकारी आएको बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बताए ।

धादिङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पाण्डेको राजीनामाको विषयमा विभिन्न कोणबाट टिकाटिप्पणी भएको थियो । नेकपा एमालेले पाण्डेले संघिय सांसदमा निर्वाचित भएपछि पनि प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा नदिएर राजनीतिक नैतिकता गुमाएको टिप्पणी गरेको थियो ।
राजीनामा दिएपनि नयाँ सरकार निर्माण नभएको अवस्थासम्म पाण्डेले कामचलाउ सरकारको मुख्यमन्त्री कायम रहने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।-khabarbreak

मुख्य समाचार राजनीति समाचार