सीके राउतलगायतले मधेशी भाषामा शपथ लिएपछि संसद् सचिवालयलाई स्पष्टीकरण

मधेशी आयोगले डा. चन्द्रकान्त (सीके) राउतसहित केही प्रतिनिधि सभा सदस्यलाई कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनी सङ्घीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ |

हिजाे बिहीवार संसद् भवनमा सीके राउतसहित केही प्रतिनिधि सभा सदस्यले भाषा आयोग तथा मधेशी आयोगद्वारा सूचीकृत नरहेको ‘मधेशी भाषा’ मा शपथ लिएको भन्दै आयोगमा उजुरी परेकाे थियाे । ती उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको तथा त्याे भाषामा शपथ लिन संसद् सचिवालयले कुन आधारमा मान्यता दिएको भन्दै आयोगकी उपसचिव सविता डङ्गोलले स्पष्टरूपमा जानकारी गराउन सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएकाे छ ।

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले शपथ ग्रहण समारोहपछि दर्जनौँ सङ्घ–संस्थाले फोन सम्पर्क गरी मधेशी भाषा औपचारिकरूपमा सूचीकृत नरहेको र त्याे भाषामा शपथ लिनुले अन्य विद्यमान भाषामाथि नकारात्मक प्रभाव पर्ने हुनाले यसमाथि आवश्यक कारबाही गर्न आग्रह गरेको बताउनुभएको छ ।

मुख्य समाचार राजनीति समाचार