बारामा गोली प्रहारबाट एक भारतीयको मृत्यु

बारामा अपरिचित समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा भारत विहार जिल्ला मोतिहारी छौडादानो बस्ने अन्दाजी ४५ वर्षीय शिवपुजन यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।

शुक्रबार साँझ बारा महागढीमाई नगरपालिका–२ भुतही खोला अगाडि नम्बर नखुलेको भारतीय मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले शिवपुजनलाई बोलाई चिया पसलमा गोली हानि फरार भएको बताइएको छ । गोली प्रहारबाट गम्भीर घाइते शिवपुजनलाई प्रहरीको सहयोगमा अस्पताल पु¥याएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

शिवपुजनको निधन न्युरो अस्पताल भएको प्रहरीले जनाएको छ । मृतक शिवपुजन हिजो बरियापुर आफन्तकहाँ आएको प्रहरीले जनाएको छ । शिवपुजनसँग रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्नको खोजतलास तीव्र पारिएको उपरीक्षक बोगटीले बताए ।

समाज