नेकपा एमाले संसदीय दलको नेतामा कार्की चयन

विराटनगर : नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन्। संसदीय दलको आइतबार बसेको बैठकले कार्कीलाई निर्विरोध निर्वाचित गरेको हो।प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका हुन्। यसअघि मेन्याङ्बो पनि दलको नेताको दाबेदार थिए। उनकै समर्थन झापा ५ (क) बाट दोस्रो पटक निर्वाचित कार्की दलको नेता बनेका हुन्।

प्रदेश - १ प्रदेश समाचार मुख्य समाचार राजनीति