गुरुराज घिमिरेले मागे कांग्रेस सभापति देउवाको राजीनामा

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति शेरबहादुर देउवाले सभापति र संसदीय दलको नेताबाट तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। गएराति ट्वीट गरी घिमिरेले नैतिकताको आधारमा देउवाले दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।अहिलेको परिस्थिति आउनुमा सत्तालिप्सा र भजनमण्डली जिम्मेवार रहेको भन्दै उनले देउवाले राजीनामा नदिए चाँडै  विशेष महाधिवेशन बोलाउनु पर्ने बताएका छन्।

मुख्य समाचार राजनीति समाचार