यस्तो छ आजको मौसम

काठमाडौं : बिहान गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा मौसम आंशिक बदली रहे पनि सामान्यतया सफा छ। जल तथा मौसम विभागका अनुसार हिमाली भू–भागका एक वा दुई स्थानमा आज हल्का हिमपातको सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको हो।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए। उनका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। बिहान काठमाडौं उपत्यकाकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ। 

समाज