प्रचण्डलाई बधाइ दिन खुमलटार पुगे बाबुराम दम्पती

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिन खुमलटार पुगेका छन्।  भट्टराई दम्पती आज बिहान प्रचण्डलाई बधाइ दिन उनको निवास खुमलटार पुगेका हुन्।मंसिर ४ को निर्वाचनमा भट्टराई नेतृत्वको समाजवादी र माओवादी केन्द्रले तालमेल गरेर चुनाव लडेको थियो। नेपाली कांग्रेसको गठबन्धन तोड्दै एमालेसँग गठबन्धन गरेका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनले आज अपराह्न ४ बजे शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

मुख्य समाचार राजनीति समाचार