राप्रपा बागमती संसदीय दलको नेतामा थापा सर्वसम्मत

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा सर्वसम्वत चयन भएका छन् ।राप्रपा बागमती प्रदेशको आज बसेको संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा चयन गरेको राप्रपा बागमती प्रदेशका अध्यक्ष विक्रम थापाले जानकारी दिए ।बागमती प्रदेश सभामा राप्रपाको १३ जना प्रदेश सदस्य रहेका छन् ।

राजनीति समाचार