हेटौंडामा न्यौपानेमाथि धारिलो हतियार प्रहार गर्ने बर्तौला र थापा प्रहरी हिरासतमा

हेटौंडा – मकवानपुर प्रहरीले धारिलो हतियार प्रहार गरी घाइते बनाएर फरार भएका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चक्कु प्रहार गर्ने हेटौंडा–६ बस्ने अशिम बर्तौला र  हेटौंडा–५ बस्ने हेमन्त थापा मगर रहेको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । 

गत मंसिर २६ गते हेटौंडा–२ स्थित वन कार्यालय नजिकैभित्री सडक खण्डमा बर्तौला र मगरले हेटौंडा–२ बस्ने डानियल न्यौपानेमाथि चक्कु प्रहार गरी घाइते बनाएर फरार भएका थिए ।  चक्कु प्रहारबाट न्यौपाने गम्भीर घाइते भएका थिए । चक्कु प्रहार गरि फरार भएका बर्तौला र मगरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।

प्रवक्ता कार्कीका अनुसार चक्कु प्रहार गर्ने बर्तौला र मगरविरुद्ध ज्यान मार्ने कसुरमा मुद्धा दर्ता भएको छ । दुबैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको उनले बताए ।

मुख्य समाचार राजनीति समाचार