नेपाल टी–२० लिग क्रिकेटमा आज पनि दुई खेल

नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा मंगलबार पनि दुई खेल हुँदैछ।पहिलो खेल बिहान ९ बजे  कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारबीच हुनेछ। दुई खेल जितेको लुम्बिनी लगातार तेस्रो जित निकाल्न चाहन्छ। ऊ २ खेलमा ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ सुरु हुने दोस्रो खेलमा काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीच खेल हुनेछ। 

प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ।  

खेलकुद समाज