जसपा संसदीय दलको नेता चयन गर्न बुधबार चुनाव

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेता चयनका लागि बुधबार चुनाव हुने भएको छ। निर्वाचन समितिले मंगलबार निर्वाचन तालिका सार्वजनिक गर्दै बुधबार मतदान हुने जनाएको हो। विहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता गर्ने र दिउँसो २ देखि दिउँसो साढे २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तालिका छ।

घोषित तालिका अनुसार दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मतदान हुने जनाइएको छ। जसापाका प्रतिनिधिसभामा १२ जना सांसद छन्। अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएकाले संसदीय दलको नेता को हुने भन्ने टुंगो लागेको छैन। यद्यपि संघीय परिषद अध्यक्ष अशोक राई दलको नेता बन्ने संभावना रहेको बताइएको छ। 

मुख्य समाचार राजनीति समाचार