स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने मेरो क्षमता छ : डा. तोसिमा कार्की

काठमाडौं : दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ। आजभन्दा २ महिनाअघिसम्म शल्य चिकित्सकका रूपमा काम गरिरहेकी डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छिन्। गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर-३ बाट निर्वाचित भइन्।

पेशाले चिकित्सक उनको ध्यान सरकारमा रहेर स्वास्थ्य सेवा सुधार्नेतर्फ रहेको छ। त्यसैका लागि उनको पार्टी सरकारमा सहभागी भएको उनको धारणा छ। सरकारले पूर्णता पाउने तयारीमा रहेका वेला डा कार्की आफ्नो विज्ञताअनुसार पार्टीले आफूलाई सरकारमा सहभागी गराए स्वास्थ्यमन्त्रीका रूपमा काम गर्ने अपेक्षा राखेकी छन्।

उनले आफू सरकारमा गए नेपाली जनतालाई सर्वसुलभ‚ गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने काम नै पहिलो रहेको बताउँछिन्। उनको ध्यान अहिले कोरोना भाइरस नियन्त्रणमा समेत रहेको छ।आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान रहेका विकृति, विसङ्गति बुझेको र यो अवस्थाको अन्त्यका लागि देशको स्वास्थ्य क्षेत्रलाई केन्द्रविन्दुमा राखेर राजनीतिमा लागेको उनको भनाई छ।

मुख्य समाचार समाचार