एमाले र एकीकृत समाजवादीको एकता हल्लामात्रै : उपमहासचिव ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले र एकीकृत समाजवादीको एकता हल्ला मात्र भएको बताएका छन्। एमाले र एकीकृत समाजवादीबीच एकताको चर्चा चलिरहँदा सचिव ज्ञवालीको यस्तो भनाइ आएको हो। उनले सामाजिक सञ्जाललमा लेखेका छन्, ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ। त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्।’ 

उपमहासचिव ज्ञवालीले पार्टीले भयानक घेराबन्दी तोडेर आएको भन्दै यस विपरीत कुनै निर्णय नहुने समेत उल्लेख गरेका छन्।‘पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो।’ उनले लेखेका छन्,‘सङ्कटका बेला सतिसाल झैँ उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन। इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन।’

मुख्य समाचार राजनीति समाचार