बकैया दुर्घटना अपडेटः एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको बकैया-५ को तीन तलेमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा ४ जना घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जन रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

शुक्रबार बिहान हेटौंडाबाट फापरबारी जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड ट्रकले ठक्कर दिँदा भम्जनसहित ४ जना घाइते भएका थिए । यसैगरी तीन जना घाइतेहरु उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

समाज