प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, मोदीले पठाए बधाई पत्र

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका श्रीवास्तवले भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको बधाई पत्र दिएका छन्।भेटमा नेपाल–भारत बीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

राजनीति समाचार