माओवादी केन्द्रको बैठक सुरु

हेटौँडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदस्य दलको बैठक आज काठमाण्डौँमा सुरु भएको छ । बैठकले आज या भोलीसम्म दलको नेता चयन गरिसक्ने प्रदेश सांसद तथा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।

दलको नेतामा मुख्यतया पोलिटब्युरो सदस्य शालिकराम जम्कट्टेल, प्रदेश अध्यक्ष्रा सरल सहयात्री तथा युवराज दुलालको संभावना रहेको छ । तर बैठकमा करिब ७ जनाले दलको नेता बन्नको लागि इच्छा ब्यक्त गरेका छन् । इच्छा ब्यक्त गर्नेहरुमा पूर्व उपसभामुख राधिका तामाङ, गंगानारायण श्रेष्ठ लगाएतको रहेको माओवादी केन्द्र निकट श्रोतको दाबी छ । नेकपा माओवादी केन्द्रको तर्फबाट बागमतीमा २१ जना सांसदहरु रहेका छन् । वागमतीमा माओवादीबाट कुल २१ सांसद छन्। बैठकमा सहमती नहुने अवस्था आए भोलीसम्मा निर्वाचन गरेर भएपनि दलको नेता छान्ने तयारी माओवादीले गरेको छ ।

राजनीति समाचार