मकवानपुरमा भारतीय कारको ठक्करबाट एक बालक घाइते

हेटौंडा – मकवानपुरमा भारतीय नम्बर प्लेटको कारको ठक्करले एक बालकलाई ठक्कर दिएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित चितवन तर्फ जाँदै गरेको बीआर ०१ एफभी २८१९ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कारको ठक्कर स्थानीय सानु परियारको छोरा १० वर्षीय राजेस परियार घाइते भएका छन् । कारको ठक्करबाट टाउकोमा चोट लागेर घाइते भएका बालकको उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

कार र कार चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

समाज