रविलाई देउवाको बधाई, निर्मला पन्तको घटनाको निर्णयबारे खुसी व्यक्त

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन्। 

शनिबार देउवाले उनलाई उपप्रधान तथा गृहमन्त्री बनेकोमा बधाई दिएको लामिछानेका सचिवालय संयोजक दीपक बोहराले जानकारी दिए। 

उनले बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना समेत दिएका छन्। 

यस्तै निर्मला पन्तको थप अनुसन्धान गर्न पहिलो निर्णय गरेकोमा खुशी समेत व्यक्त गरेको बोहराले बताए। 

समाचार