बंशगोपाल दुग्ध सहकारीको ३१ औं साधारणसभा सम्पन्न

हेटौंडा । हेटौडा–६, चौघडामा रहेको बंश गोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । केन्द्रीय दुग्ध संघका सञ्चालक सदस्य विदुर हुमागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष श्याम प्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, ब्यवस्थापक लक्ष्मण सापकोटाले आव ०७८÷०७९ को लेखा परिक्षण प्रतिवेदन र कृषक हितकोषका संयोजक रामहरि चौलागाईले हितकोषको प्रतिवेदन पेश गरेका थिए ।
भेलाको अवसरमा विभिन्न विद्याका उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरिएको थियो । नियमित बचतकर्तामा रामकुमारी देवकोटा र यादव सापकोटा, असली कारोवारीमा नर बहादुर सापकोटा र सुमित्रा लामिछाने पुरस्कृत भएका थिए । यसैगरि उत्कृष्ट कृषकमा बासुदेव अधिकारी, नवराज दाहाल र हेमलाल अर्याल, गोठ सफाइमा सुमित पोखरेल, भाडा सफाइमा भरत दाहाल, बढी सामान खरिदकर्तामा बासुदेव अधिकारी, केदारनाथ दाहाल र रामनाथ बास्तोलालाई पुरस्कृत गरिएको थियो । 
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडेल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, संस्थाका संस्थापक अध्यक्ष हरि प्रसाद सिग्देल, कामधेन बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, संस्थाका उपाध्यक्ष केशव धिताल संस्थाका शेयर सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । -prastakhabar

समाचार समाज