आज वर्षा र हिमपात

प्रदेश १ को पहाडी भू–भागमा हल्का वर्षा तथा गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ।पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले सोमबार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

क्रमिक रूपले चिसो बढेकाले यसबाट बच्ने उपाय अपनाउन पनि विभागले आग्रह गरेको छ।

समाज