कर्णाली प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै

कर्णाली प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदैछ। नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख तिलक परियारले बैठक आह्वान गरेका हुन्।  नयाँ प्रदेशसभा सदस्यको शपथग्रहणपछि कर्णालीमा पहिलो पटक बैठक बस्न लागेको हो।बैठक दिउँसो १ बजे प्रदेशसभा भवन वीरेन्द्रनगरमा सुरु हुने प्रदेशसभा सचिव जीवनराज बुढाथोकीले जानकारी दिए।  ४० सदस्यीय कर्णाली प्रदेश सभामा २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका छन्।

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का १÷१ जना सांसद रहेका छन्। एक जना स्वतन्त्र सांसद छन्।

कर्णाली प्रदेश प्रदेश समाचार मुख्य समाचार राजनीति