हेटौंडा–६ मा मोटरसाइलक आफै अनियन्त्रित भएर दुर्घटना हुँदा प्याकुरेल र लामा घाइते

धरान–चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा–६ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक सुर्खेत बिरेन्द्रनगर–३ बस्ने २० वर्षीय अविनास प्याकुरेल र मोटरसाइकल पछाडि सवार रुकुम मुसिकोट–४ बस्ने २० वर्षीय बिजय लामा रहेका छन् ।

गएराति हर्नामाडिबाट चौघडातर्फ आउँदै गरेको कर्णाली प्रदेश०२–००१प १०९३ नम्बरको मोटरसाइलक आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका लामाको हेटौंडामा र प्याकुरेलको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घाइते दुबैले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । मदिरा पिएर तीव्र गतिमा मोटरसाइकल चलाएका कारण दुर्घटना भएको बताईएको छ ।

समाज