रास्वपा मकवानपुरका सभापति न्यौपानेमाथि छानविन, पार्टीको गतिविधिमा संलग्न नहुन निर्देशन

हेटौंडा – राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेमाथि छानविन सुरु भएको छ । गत निर्वाचनमा अन्य पार्टीका उम्मेद्वारसगँ मिलेर आफ्नो उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला समितिका सदस्यहरुले कारवाहीको माग गर्दै न्यौपानेविरुद्ध उजरी दिएका थिए ।

उक्त विषयमा आवश्यक छानबिन, अनुसन्धान तथा अन्तिम निक्र्यौल नभएसम्म आफ्नो पदीय हैसियतले कुनै पनि गतिविधि, कार्यमा संलग्न नहुन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले पत्रमार्फत निर्देशन दिएका छन् ।

महामन्त्री डा. मुकुन्द ढकालद्वारा जारी पत्र 

समाचार समाज