बागमतीमा सभामुख र उपसभामुखको निर्वाचन पौष २८ र २९ गते हुने

हेटौंडा  । बागमती प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन यहि पुस २८ र २९ गते हुनेभएको छ । सोमबार बिहान् बसेको सर्वदलीय बैठकले निर्वाचनको मिति तय गरेको हो ।
आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूचि तयार गर्न बसेको सर्वदलीय बैठकले प्रदेशसभाको कार्यसूचि र सभामुख र उपसभामुखको निर्वाचनको मिति तय गरेको प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए । 
प्रवक्ता गुप्ताका अनुसार प्रदेशसभाका सभामुख र उपसभामुखको निर्वाचनको लागि पुस २७ गते मनोनयन दर्ता गर्न मिति निर्धारण गर्ने सर्वदलीय बैठकमा सहमती भएको छ । 
सर्वदलीय बैठकको सहमती अनुसारको सभामुख र उपसभामुखको निर्वाचनको प्रस्ताव आजको प्रदेशसभा बैठकमा पेश गरेर अन्तिम रुप दिइने प्रवक्ता गुप्ताले बताए ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार