बकैयाको पावस माझीटोलमा बाघ आतंक,सतर्कता अपनाउन वडा कार्यालयको आग्रह

 

१८ पौष,मकवानपुर- मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ५ पावस , माझीटोलमा बाघ आएको भन्दै सतर्कता अपनाउन स्थानीयलाई वडा कार्यालयले अनुरोध गरेको छ ।

केही दिन अघि देखि पालिका क्षेत्रमा बाघले आतंक मच्चाइरहेको र आइतबार वडा नं ५ को पावस माझीटोलमा स्थानीयले बाघ देखेको जानकारी गराए पछि वडाले सुचना जारी गर्दै साँझ-बिहान घरबाट बाहिर ननिस्कन तथा सतर्कता अपनाउन वडाबासीलाई आग्रह गरेको हो ।

साथै बाघलाई नियन्त्रणमा लिनको लागि जिल्ला वन डिभिजन कार्यालय मकवानपुरलाई पत्राचार गरिएको पनि सुचना मार्फत जानकारी गराइएको छ ।

मुख्य समाचार समाज