स्थानीय तह सहिद स्मृति फुटबलको खुद नाफा २१ लाख

हेटौंडा, गत जेठ महिनामा हेटौँडामा सम्पन्न चौथो स्थानीय तह सहिद स्मृति फुटबल प्रतियोपगितामा २१ लाख ३६ हजार नाफा भएको छ । प्रतियोगितामा भएको १ करोड ३१ लाख ५६ हजार रुपैयाँ आम्दानीमा एक करोड ९ लाख ६७ हजार रुपैयाँ खर्च भएको र २१ लाख ३६ हजार रुपैँया बचत गर्न सकिएको प्रतियोगिताका संयोजक प्रताप विष्टले बताए ।

मकवानपुर जिल्ला फुटबल संघ मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा आयब्यय सार्वजनिक गर्दै विगटले प्रतियोगिताको लागि मकवानपुरका १० वटा स्थानीय तहहरुले ६० लाख रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषदबाट ४१ लाख ९१ हजार रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिए ।
कार्यक्रममा बोल्लै अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम मकवानपुर फुटबल संघका अध्यक्ष टिका लामाले सहिद स्मृति फुटबलको पाँचौँ संस्करण फागुनमा गर्ने तयारी गरिएको बताए ।

खेलकुद समाचार