नेताले आफ्ना वाचा भुल्न सक्छन्, जनताले झक्झकाइरहनुपर्छ :  पूर्व सभामुख घर्ती

काठमाडौं :  नेकपा (माओवादी केन्द्र) की नेतृ एवं प्रतिनिधि सभाकी पूर्व सभामुख ओनसरी घर्तीले संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानून निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने बताएकी छिन्।मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले य संघीय शासनप्रणालीको दोस्रो कार्यकाल सुरु भइसक्दा समेत संघमा आवश्यक कानून निर्माण हुन नसकेकाले आम सर्वसाधारणहरूलेसमेत समस्या व्यहोरिरहेको बताइन्। उनले संघीय कानून बनिसकेपछि मात्रै प्रदेश सभाको प्रभावकारिता बढ्ने जिकिर गरिन्।

‘दोस्रो कार्याकाल शुरु भइसक्दासमेत कानूनहरू निर्माण हुन सकेका छैनन्। संघका कानूनहरू नबन्दा सर्वसाधारणहरूले धेरै नै समस्या भोगिरहेका छन्। यसका कुरामा ध्यान दिनुपर्छ। त्यसपछि प्रदेश सभामा प्रभावकारिता छ। कानून त पहिला बन्नुपर्छ। जसको समस्या प्रदेश र स्थानीय तहले भोगिरहेका छन्। यसमा ध्यानाकर्षण गर्दछु’, उनले भनिन्।

पूर्व सभामुख घर्तीले जनताले आफ्ना जनप्रतिनिधिहरूले संसदमा गरिरहेका कार्यहरू हेर्न पाउनुपर्ने बताइन्। उनले जनता र जनप्रतिनिधिबीचको सम्बन्ध ५ वर्षमा भोट माग्न जानेकुरामा मात्रै सिमित हुनु नहुने स्पष्ट पारिन्। उनले संसदमा जनगुनासाहरूको सम्बोधन हुनुपर्ने पनि बताइन्। उनले जनप्रतिनिधिहरूले पद पाएपछि जनतासँग गरेका वाचाहरू भुल्नसक्ने भन्दै जनताले आफ्ना जनप्रतिनिधिहरूलाई झक्झकाइरहनुपर्ने उल्लेख गरिन्।

मुख्य समाचार समाचार